Press "Enter" to skip to content

जेलजी आन्दोलनमा फरार रहेका कैदी लागुऔषधसहित पक्राउ

जेलजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका 2 कैदीलाई पश्चिम नवलपरासी प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय परासीका अनुसार साउन ७ गते बर्दघाट क्षेत्रमा खोजतलासका क्रममा बर्दघाट–४ का ४५ वर्षीय टोपबहादुर परियार र देवीनगरका ३० वर्षीय सञ्जय दर्जी पक्राउ परेका हुन्। उनीहरूको साथबाट स्पास प्रोक्सिमेक क्याप्सुल, निट्जासेन चक्की, ८०६ ग्राम गाँजा तथा अन्य लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

msz


पक्राउ परेका टोपबहादुर परियार २०८२ जेठ २३ र २४ गते भएको जेलजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी हुन्। दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Dolma Chaudhary

Select your reaction for the News
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *