Press "Enter" to skip to content

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको….

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित झोलुङ्गे पुल बगाएको छ ।

बुधबार बिहान करिब आठ बजे महाकाली नदीको तीव्र बहावले पुलको एक पिलर ढालेपछि पुलको एक भाग पूरै नदीमा खसेर बगेको हो।

प्रहरीका अनुसार नदीको बीच भागमा रहेको पिलर बाढीले कटान गरी भत्काएको हो। भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएपछि पुलको भाग नदीले बगाएको कञ्चनपुर प्रहरीले जनाएको छ।

एशियाकै लामा झोलुङ्गे पुलहरूमध्ये एक मानिने यो पुल भत्किएपछि दोधारा चाँदनी क्षेत्रका बासिन्दाको सदरमुकाम र छिमेकी नगरसँगको सीधा पैदल सम्पर्क टुटेको छ।

Select your reaction for the News
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *