जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको पावन उपस्थितिमा सञ्चालित ५१३औँ दिव्य धर्म यज्ञ दिवसको तीन दिवसीय महासमागमको आज दोस्रो दिन । यो भव्य कार्यक्रम नेपालस्थित सतलोक आश्रम धनुषासहित भारतका १४ वटा ठूला आश्रमहरूमा एकैसाथ सञ्चालन भइरहेको छ ।
कार्यक्रमअन्तर्गत आध्यात्मिक प्रदर्शनी, विशाल निःशुल्क भण्डारा, विशाल सत्संग, अखण्ड ज्योति यज्ञ, सन्त गरीबदास महाराजको अमर ग्रन्थ साहेबको अखण्ड पाठ तथा निःशुल्क नाम दीक्षालगायतका विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्। यसैक्रममा दाइजोमुक्त विवाह र रक्तदान शिविर विशेष रूपमा सम्पन्न भएका छन्।

रक्तदान मानव सेवाको उच्चतम् रूप हो। यसले आपतकालमा अनेकौं जीवन बचाउने मात्र होइन, समाजमा सहयोग, करुणा र एकताको भावना पनि मजबुत बनाउँछ। आजको रक्तदान शिविरमा १०७ जना दाताले स्वेच्छिक रूपमा रक्तदान गरी यस महान अभियानमा उल्लेखनीय योगदान पुर्याएका छन्। उनीहरूको यो निस्वार्थ सेवा साँच्चै प्रशंसनीय र अनुकरणीय छ।
दाइजो प्रथा समाजको गम्भीर र पीडादायी विकृति हो। यसले कन्या पक्षलाई ठूलो आर्थिक बोझ थोपर्छ, पारिवारिक सम्बन्ध बिगार्छ र धेरै युवतीहरूको भविष्य अन्धकारमा पार्छ। सन्त रामपाल जी महाराजले आफ्नो सुरुवाती कालदेखि नै दाइजोमुक्त विवाहलाई विशेष महत्व दिँदै निरन्तरता दिनुभएको छ। उहाँको प्रेरणामा हुने यस्ता विवाहले परिवारलाई आर्थिक रूपमा राहत दिन्छ, सामाजिक समानता र सद्भाव बढाउँछ तथा नैतिक रूपमा शुद्ध र शास्त्रसम्मत जीवन अपनाउन प्रेरित गर्छ। आज दाइजोमुक्त विवाह कार्यक्रमअन्तर्गत नेपालबाट ५ जोडी, बिहारबाट १२ जोडी तथा पश्चिम बङ्गालबाट १ जोडी र उत्तर प्रदेशबाट १ जोडी गरी जम्मा १९ जोडीको बिना दाइजो, बिना भोजभतेर र बिना कुनै आडम्बर आदर्श विवाह सम्पन्न भएको छ। १७ मिनेटको असुर निकन्दन रमैणी मार्फत शास्त्र विधिअनुसार वैदिक सनातन परम्परामा उक्त विवाह सम्पन्न गरिएको हो। यो अभियान साँच्चै समाज रूपान्तरणको महत्वपूर्ण कदम बनेको छ।

यस तीन दिवसीय महासमागमको आज दोस्रो दिन सफलतापूर्वक सम्पन्न भएको छ। भोलि तेस्रो तथा अन्तिम दिन पनि कार्यक्रम निरन्तर सञ्चालन हुनेछ भने समापन समारोह पनि हुनेछ। यस पावन कार्यक्रममा सहभागिताका लागि आयोजक पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालले हार्दिक अनुरोध गरेको छ। उक्त कार्यक्रममा सहभागी भई प्रसाद ग्रहण गरी पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण आध्यात्मिक मनका महानुभावहरूलाई हृदयदेखि आह्वान गरिएको छ।








Be First to Comment