Press "Enter" to skip to content

नवलपरासीको दाउन्नेमा बिहान बस दुर्घटना

नवलपरासीको दाउन्नेमा बिहान बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । १० जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वकाअनुसार कोहलपुरबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो ।

घाइतेलाई उद्धार गरी कावासोतीमा रहेको मध्यबिन्दु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ । अरु ज्यान गुमाएका पाँच जनाको परिचय खुल्न बाँकी छ ।

Select your reaction for the News
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *