पश्चिम नवलपरासी, असोज ८। पाल्हिनन्दन गाउँपालिका–५, गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ भदौ २९ गते साँझ करिब ६:४० बजे मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका संजय र सुनिलबीच सामान्य विवाद भएको थियो। विवादपछि सुनिलले कुटपिट गर्दा संजयको दाहिने कानमा भित्री चोट लागेको र कानबाट रगत बगेको थियो।
उपचारका लागि जिल्ला अस्पताल परासी लगिएका संजयलाई थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो। उपचारकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सुनिल प्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Be First to Comment