Press "Enter" to skip to content

लुम्बिनी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराते छनोट प्रतियोगिता सम्पन्न, १६ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोटबुटवल, रुपन्देही

लुम्बिनी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराते छनोट प्रतियोगिता सम्पन्न भएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बुटवलस्थित मिनी कभर्डहलमा सञ्चालन भएको प्रतियोगिता आइतबार (२०८३ कात्तिक २९ गते) सम्पन्न भएको हो।
प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै विभिन्न तौल समूह तथा विधामा प्रथम स्थान हासिल गरेका छन्। प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कल्पना आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला कराते महासंघका अध्यक्ष सन्तोष सिंह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रतियोगिताको जुरीको जिम्मेवारी सिहान करुणानिधि त्रिपाठीले निर्वाह गर्नुभएको थियो।

51328

प्रतियोगितामा महिला तर्फ ४५ केजी तौल समूहमा रुपन्देहीकी गरिमा भण्डारी, ५० केजीमा गरिमा बुढा मगर, ५५ केजीमा सोनाली गुप्ता, ६० केजीमा अनु महतो र खुला तर्फ बाँकेको नेपालगञ्जकी अनुपा नेपाली प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।त्यसैगरी पुरुषतर्फ ४५ केजीमा निरज धोबी, ५० केजीमा सुदिप मल्लाह, ५५ केजीमा बर्दियाका शितल सुनार, ६० केजीमा प्रबिन भण्डारी, ६५ केजीमा रोहित सार मगर, ७० केजीमा अनुप श्रेष्ठ र खुला तर्फ यमलाल चौधरी प्रथम भएका छन्।काता विधातर्फ महिला समूहमा याङसु श्रेष्ठ र पुरुष समूहमा रुपन्देहीका कृष्णम वर्णवाल प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।

प्रतियोगितामा उदबहादुर खाम्चा थापा, कमल सारु मगर, गोपाल परियार, सुजित यादव, नितेश जन्नधर र सुरज ढकालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन्। यसले लुम्बिनी प्रदेशमा कराते खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

Select your reaction for the News
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *